होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले छाडेका बामदेव कता ?
राजनीति

एमाले छाडेका बामदेव कता ?

  • नागरिक रैबार
एमाले छाडेका बामदेव कता ?

काठमाडौं, ७ कात्तिक । बामदेव गौतम औपचारिक रुपमा नेकपा एमालेका उपाध्यक्ष छन् । तर, उनले आफू एमालेमा नरहेको स्पष्ट पारिसकेका छन् ।

एमालेको विधान महाधिवेशन अगावै बामदेवले एमाले परित्याग गरेको घोषणा गरेका थिए । तर, एमालेले अझै उनलाई उपाध्यक्षका रुपमा उल्लेख गर्दै आएको छ । अविधान महाधिवेशनमा गौतम देखिएनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गौतम खुलेर लागेका थिए । उनी नेकपा फुट्न नदिन सक्रिय भए । पछि एमाले फुट्न नदिन पनि विभिन्न विकल्पसहित प्रयासमा रहे । गौतम दुवैमा असफल रहे । उनले विज्ञप्तिमार्फत् माधव नेपालको साथमा रहने भनेका थिए । तर, अझै निर्णय लिएका छैनन् ।

गौतमले जनताको बहुदलीय जनवादलाई मार्गदशर्क सिद्धान्तका रुपमा राख्नुपर्ने अडान लिएका छन् । एमालेबाट फुटेको नेकपा एसले भने जबज छाडेको छ ।

समाजवादलाई सिद्धान्तका रुपमा उल्लेख गरिसकेको छ । सैद्धान्तिक बहसका अलावा बामदेवको नेकपा एसप्रति केही असन्तुष्टि पनि देखिएको छ । विश्वस्त स्रोतका अनुसार उनी नेकपा एसमा सहअध्यक्ष चाहन्थे । एमालेमा वरिष्ठ उपाध्यक्ष राखेर उनको व्यवस्थापनको विषय उठेपनि सहमत भएनन् ।

नेकपा एसबाट उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर गौतम सहभागी हुने चर्चा थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री कसैलाई नदिने निर्णय लिएपछि गौतम रोक्किए । उनी नेकपा एसमा पनि गएनन् ।

अहिले गौतमक वृहत कम्युनिस्ट एकताको रणनीति बनाएर भित्री रुपमा सक्रिय रहेको बुझिएको छ । माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लवलगायतको एकताको प्रयास चलिरहेको छ । गौतमले पनि त्यही एकता प्रयासमा भूमिका निभाइरहेको बुझिएको छ । बलियो कम्युनिस्ट पार्टी बनाएर जानका लागि नेकपा एमालेका असन्तुष्ट पक्षलाई समेत मिलाएर लाने प्रयास भइरहेको छ । त्यसमा गौतमले पनि भूमिका निभाइरहेको बुझिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि