होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एकीकृत समाजवादीको विधान तयार : के छ व्यवस्था ?
देश/प्रदेश

एकीकृत समाजवादीको विधान तयार : के छ व्यवस्था ?

  • नागरिक रैबार
एकीकृत समाजवादीको विधान तयार : के छ व्यवस्था ?

काठमाडौं। माधवकुमार नेपाल अध्यक्ष रहने गरी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको अन्तरिम विधान तयार भएको छ। चन्द्रागिरी रिसोर्टमा जारी एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीको घोषणापत्र र विधानमाथि समूहगत छलफल भइरहेको छ।

बैठकमा प्रस्तुत अन्तरिम विधानअनुसार १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ। जसमा अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन्। उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन्। केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू भने राष्ट्रिय परिषद्बाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ।

हरेक ५ वर्षमा हुने महाधिवेशन हुन्छ, जसले राष्ट्रिय परिषद्का सदस्यहरू चुन्नेछ। परिषद्मा प्रत्येक जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र बराबर, एक महिला तथा एक दलित हुनेछन्।

विज्ञापन

पार्टीको जनसंगठनबाट एक-एक जना तथा महिला, युवा र विद्यार्थी संगठनबाट तीन-तीन जना, अन्य जनसंगठनबाट एक-एक जना, प्रदेश सम्पर्क कमिटीबाट एक-एक जना र खुला १०० जना राष्ट्रिय परिषद्का सदस्यहरू महाधिवेशनबाट चयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ।

राष्ट्रिय परिषद्का सदस्यहरूले केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरू चुन्नेछ। अर्थात् पार्टीको अध्यक्ष र पदाधिकारीहरू पनि महाधिवेशनबाट होइन, राष्ट्रिय परिषद्बाट चुनिनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार