होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना
समाचार

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना

  • नागरिक रैबार
कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् ।

सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए ।

विज्ञापन

‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिंदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ उनले भने । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार