होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ‘नेताहरुलाई स्पष्टिकरण पार्टी फुटको घोषणा’
देश/प्रदेश

‘नेताहरुलाई स्पष्टिकरण पार्टी फुटको घोषणा’

  • नागरिक रैबार
‘नेताहरुलाई स्पष्टिकरण पार्टी फुटको घोषणा’

काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षका नेता विष्णु रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टिकरणमार्फत् कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका छन् ।

नेता रिजालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा यति कुरा प्रस्ट छ भन्दै कसैले माधव नेपालबिनाको नेकपा एमाले कल्पना गरे त्यो एकीकृत एमाले नभइ विभाजित एमाले हुने समेत बताएका छन् ।

रिजालले नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्ने र फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनस्र्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जे-जे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी विवादबारे रिजालले ६ वटा बुँदामा यसो भनेका छन् :

१. आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैँ अग्रणी र नेतृत्वदायी छ । ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा (माले) का रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा उहाँ एमाले धाराको प्रमुख नेताका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित एमाले मात्र हुन्छ ।

२. आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने त्यसमा भन्नु केही छैन । तर, यति कुरा प्रष्ट छ, यसले एमालेलाई गहिरो गरी विभाजित गर्दछ र विभाजन गर्ने नेताहरुको नेतृत्वमा यसको क्षतिपूर्ति गर्न सम्भवै छैन ।

३. तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन समेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो । तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुःखद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ ।

४. नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्छ । फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनःस्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जे-जे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ ।

५. अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई बर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरु पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ ।

६. हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार