होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो
देश/प्रदेश

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

  • नागरिक रैबार
जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

११ माघ, काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।

करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।

 

स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नोविन लाल श्रेष्ठले मध्यावधि निर्वाचनले जनगणना प्रभावित नहुने बताए । उनले जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि