दार्चुला: दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली ३ दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ।
बिहीबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरिसकेको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताए।अबको दुई दिन भित्रमै गणनाको काम सम्पन्न गर्ने तयारी छ।
नेपालतर्फको बाटो निकै असहज भएकोले उनीहरु फर्किदा समेत जोखिम हुनसक्ने भएकाले हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरिएको छ। त्यसका लागि विभागसँग समन्वय भइरहेकोले फर्किदासम्म हेलिकोप्टरको व्यवस्था हुनसक्ने सम्भावना रहेको जनगणना अधिकृत पाण्डेले बताए।
भारतीय प्रशासनले दार्चुलाको छाङ्गरु र टिंकरमा जनगणना गर्न जाने समूहलाई आफ्नो भूमिको प्रयोगमा रोक लगाएको थियो।
फेसबुक प्रतिक्रियाहरु