होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा १६ हजार बालवालिकालाई भिटामिन ‘ए’ खुवाईने
Breaking News

बाजुरामा १६ हजार बालवालिकालाई भिटामिन ‘ए’ खुवाईने

  • नागरिक रैबार
बाजुरामा १६ हजार बालवालिकालाई भिटामिन ‘ए’ खुवाईने

नागरिक रैबार/बाजुरा ६ कार्तिक। बाजुराका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रम अनुसार जिल्लाका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

उहाँका अनुसार यहाँका सवै ६ देखि ५९ महिनासम्मका बालवालिकालाई जुकाको औषधी समेत खुवाईने कार्यक्रम रहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए ।बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउनका लागि जिल्लाभरका प्रत्येक ठाउँमा रहेका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई परिचालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । तसर्थ बाजुराका स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, क्याप्सुल र जुकाको औषधि खुवाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

विज्ञापन

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार