होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
समाचार

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

  • नागरिक रैबार
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो। त्यहाँबाट राति पुनः विराटनगर लगिएको थियो।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए। उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थियो ।

विज्ञापन

गुप्ताको शव आज बिहान १०:३०बजे हिन्दु रीति रिवाज अनुसार खुट्टिखाेलामा दाह संस्कार गरिएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए । गुप्ताको एक पत्नी, दुई छोरा र एक छोरी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार