होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता
समाचार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता

  • नागरिक रैबार
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता

काठमाडौं । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।

प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना,जम्मा १११ जनाको मृत्यु भएको हो।
यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एक/एक जना बेपत्ता भएका छन् ।

विज्ञापन

साथै प्रदेश १ मा १८ जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको

छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार