होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल
समाचार

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

  • नागरिक रैबार
एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।

‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने । महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।रातोपाटि बाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार