होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा एक व्यापारी मृत भेटिए, हत्याको आशंका
समाचार

बैतडीमा एक व्यापारी मृत भेटिए, हत्याको आशंका

  • नागरिक रैबार
बैतडीमा एक व्यापारी मृत भेटिए, हत्याको आशंका

बैतडी: बैतडीमा एक व्यापारीको शव फेला परेको छ। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।

उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ। मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।

टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार