सिन्धुपाल्चाेक – प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवराेध गरिएकाे छ ।
कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हाे । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए ।
तामाङ एेसेलुखर्कमा आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्न आउनुभएकाे हाे ।
फेसबुक प्रतिक्रियाहरु