होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो
समाचार

मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

  • नागरिक रैबार
मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको शव काठमाडौं ल्याएको हो ।

शनिबार ल्याइएका शवहरु सम्बन्धित आफन्तहरुलाई बुझाइएको छ । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्दै आएको छ ।

मृतक परिवारको पीडालाई बुझेर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव नेपाल ल्याइएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार