होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीको दास हत्या प्रकरणबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबरलाई प्रहरीको चेतावनी
समाचार

कैलालीको दास हत्या प्रकरणबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबरलाई प्रहरीको चेतावनी

  • नागरिक रैबार
कैलालीको दास हत्या प्रकरणबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबरलाई प्रहरीको चेतावनी

गत शनिबार कैलालीमा मृत फेला परेका अर्जुन दासबारे जथाभाबी सामग्री सम्प्रेषण गर्ने युट्युब च्यालनलाई कैलाली प्रहरीले चेतावनी दिएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दास हत्याबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबलाई कारबाहीको चेतावनी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रेस विज्ञप्ति नै जारी गरेर भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालकले भ्रामक शिर्षक, फोटो र विषयवस्तु राखेकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल र वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रसारण गरेको प्रहरी प्रवक्ता वेदप्रकाश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनले ती च्यानलमा प्रसारण भएका भ्रामक सामग्री हटाउन आग्रह गर्दै यदि नहटाइएको खण्डमा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

269720977_281947750644499_5854828156528864708_n.jpg

विज्ञापन

पुस २ गते साँझ घरबाट निस्केका दास ३ गते घाँटी रेटेर टाउको अलग गरिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेका थिए। प्रहरीले हत्यामा संलग्नको संलग्नको पहिचान भइसकेको दाबी गरेको छ। प्रहरीले दासको शव पोस्ट मार्टमका लागि सोमबार टीकापुर अस्पतालमा राखेको छ। मृतकका आफन्तले भने दोषीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिएका छन्।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार