नागरिक रैबार/बाजुरा ६ असोज। सदरमुकाम मार्तडीमा असोज ४ गते सोमबारबाट विधिवत रुपमा सूरु भएको अनन्ते मेला वर्षाका कारण आज अन्तिम दिनको मेला प्रभावित बनेको छ ।
सदरमुकाम मार्तडीमा लाग्ने मेलाको आज अन्तिम दिन मेला हेर्न ठाउँठाउँबाट आएका स्थानीयहरु वर्षाकै कारण मेला स्थलबाट फर्किन बाध्य भएका छन् ।
सदरमुकाम मार्तडीमा बुधबार दिउसो देखि एकाएक मौषममा खरावी आएसंगै निरन्तर वर्षा भएपछि अनन्ते मेला प्रभावित बनेको बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।
सदरमुकाम मार्तडीबासीले दशैं तिहार अघिको ठुलो पर्वका रुपमा अनन्ते मेलालाई मनाउने गर्दछन् । यस वर्षको अनन्ते मेला असोज ४ गतेबाट सूरु भएको थियो । सूरु भएको पहिलो र दोस्रो दिन अनन्ते मेला भव्य रुपमा लागेको थियो । भने आज बुधबार वर्षाकै कारण प्रभावित बनेको हो ।
यहाँका स्थानीयहरुले यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गर्दछन् ।
तर अघिल्लो वर्ष कोरोना महामारीकै कारण अनन्ते मेला लागेन् । तर यस वर्ष मेला लागेको भएपछि मेलाको अन्तिम दिन भारी वर्षाका कारण प्रभावित बनेपछि स्थानीयहरु निरास बनेका छन् ।
अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधिभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा सहित महिला पूरुषविच सवाल जवाफ सहित देउडा खेल समेत लगाईदै आएको छ । त्यस्तै स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने यो अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाउने प्रचलन रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु