होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकियो
Breaking News

एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकियो

  • नागरिक रैबार
एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकियो

नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकिएको छ । आइतबार सदरमुकाम मार्तडीको अपि होटलमा बसेको पूर्ण वैठकले पार्टी विभाजनको समिक्षा समेत गरेको छ ।

त्यस्तै बैठकले पाटीको सदस्यता नविकरण गर्ने बारे छलफल समेत गरेको एमाले नेता भरत बुढाले बताएका छन् । उहाँका अनुसार बैठकले जिल्लाका स्थानीय तहका संगठन कमिटीहरुलाई पुनर गठन समेत गरेको छ ।

बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले विभाजनपछि पार्टीमा देखा परेका घटनाक्रम बारे जिल्ला कमिटीका नेताहरुलाई जानकारी गराएका थिए ।

विज्ञापन

एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, केन्द्रिय सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला संगठन कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार