होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब माधव नेपालले ओलीसँग कुरै नगर्ने !
समाचार

अब माधव नेपालले ओलीसँग कुरै नगर्ने !

  • नागरिक रैबार
अब माधव नेपालले ओलीसँग कुरै नगर्ने !

काठमाडौं, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अब सम्वाद नहुने भएको छ । पार्टी एकताको लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि खेर गएको छ । खासगरी कर्णाली प्रदेशका सांसदहरुको पूनर्वहाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो । हिजो राति नेता नेपालले आफ्नो तर्फबाट विज्ञप्ती जारी गर्दै ओलीले नै एकता नचाहेको स्पष्ट पारेका थिए । त्यसको उदाहरणको रुपमा पनि उनले भ्याकेटमा जाने ओलीको निर्णयलाई उल्लेख गरेका थिए ।

खासगरी यो बीचमा एकताको लागि ओली पक्षबाट विष्णु पौडेल र नेपाल पक्षबाट घनश्याम भुषाल वार्तामा थिए । ओली पार्टी एकताको लागि २०७५ जेठ २ गतेनै फर्कन तयार थिए । तर, उनले पार्टीमा विग्रह हुनुको कारण नेपाल पक्षधर सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर नै मुख्य कारणको रुपमा पेश गरेका थिए । र, अदालतमा दिएको रिट निवेदनबाट नेपाल पक्षधर सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने पनि उनले शर्त राखेका थिए । ओलीको उक्त शर्तलाई नेता नेपालले ठाडै अस्विकार गरिदिएको उनीनिकट नेताहरुको दाबी छ ।

हिजो साँझबाट दुवै पक्ष अब एकताको सम्भावना टरेको निश्कर्षमा पुगेका छन् । तर, वार्ताको ढोका भने खुल्लै रहने दोस्रो तहका नेताहरुले जनाएका छन् । नेता नेपालले अब ओलीसँग कुनैपनि हालतमा सम्झौता गर्न नसकिने भन्दै सोहीअनुसार मानसिक रुपमा तयार रहन आफूनिकट नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । नेता नेपालनिकट नेता युवराज ज्ञवालीले पनि एकताको सम्भावना अब टरेको नै दाबी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले ओलीकै कारण एकता टरेको पनि दाबी गरेका छन् ।

नेता नेपालले भने अब ओली पक्षसँग कुनैपनि किसिमको वार्ता तथा छलफल नगर्ने निश्कर्ष निकालेका छन् । उनले ओलीसँग वार्ता गर्नुपर्छ भनेर प्रस्ताव लिएर आउने नेताहरुलाई समेत यस्तो प्रस्ताव लिएर नआउन चेतावनी दिएका छन् । उनले आफूनिकट नेताहरुसँग भन्ने छन्–‘अब ओलीसँग वार्ता गर्नु भनेको समयको बर्वादीमात्रै हो, त्यसैले तपाईँहरु प्रष्ट हुनुहोस, हामी धेरै अघि बढिसक्यौं । म त ओलीसँग वार्ता त के, अब कुरापनि गर्न चाहन्नँ ।’

नेता नेपालले वार्ताको नाममा अब अल्झिएर समय खेर फाल्न नहुनेपनि निश्कर्ष सुनाएका छन् । उनले दोस्रो तहका नेताहरु जो ओलीसँग निरन्तर सम्वादमा छन्, उनीहरुलाई समेत तत्काल कित्ता क्लियर गर्न भनेका छन् । खासगरी ओलीसँग वार्तामा रहेका नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्यलाई उनले कित्ता क्लियर गर्न भनेका छन् ।

नेता नेपालले नयाँ दल गठनको लागि तयारीसमेत थालेको बुझिएको छ । दलको विधान लेखनको काममा अहिले भीम रावल व्यस्त रहेको बुझिएको छ । निर्वाचन आयोगमा यसअघि नै नेपालनिकट विद्यार्थी नेताले दल दर्ता गराईसकेको बुझिएको छ । तर, दल दर्ताको प्रमाणपत्र भने आउन बाँकी रहेको जनाईएको छ । नेपाल पक्षले कलम चुनाव चिन्ह लिने चर्चा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै