होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महामारीलाई अनदेखा गरी कुनै पनि कार्यक्रम गर्दैनौं : माओवादी केन्द्र
समाचार

महामारीलाई अनदेखा गरी कुनै पनि कार्यक्रम गर्दैनौं : माओवादी केन्द्र

  • नागरिक रैबार
महामारीलाई अनदेखा गरी कुनै पनि कार्यक्रम गर्दैनौं : माओवादी केन्द्र

८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । तर कोरोना माहामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो, जसले संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

 

लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले पनि संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भनेको छ । र, यसको संवैधानिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राजनीतिक रुपमा गर्ने प्रतिवाद कस्तो हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘हामी कोरोना महामारीको भयावह संकटबाट गुज्रिरहेका छौं । यो पक्षलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम गर्दैनौं ।’

उनका अनुसार महामारीसँग जुधिरहेका जनतालाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णय भएको छ भने असंवैधनिक कदमको प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपील गरेको छ ।

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको निर्णय

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि