होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो
समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

  • नागरिक रैबार
नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् ।

हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । हाल देशमा संक्रमण निको हुने दर प्रतिशतको हिसाबमा ७५.८ रहेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८.५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१.४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १.२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।
हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । केही सातायता निरन्तर निषेधाज्ञा जारी भएपनि संक्रमण दर भने घट्न सकेको छैन ।

विज्ञापन

काठमाडौंको संक्रमण अवस्था
हालसम्म काठमाडौंमा १ लाख ७५ हजार ५६४ जनामा संक्रमण देखिएको छ भने त्यसमध्ये १ लाख ३१ हजार जना निको हुँदा १४०३ जनाको मृत्यु भएको छ । हाल काठमाडौंमा २० हजार १६६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी भक्तपुरमा हालसम्म १७ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १३ हजार १०० जना निको भएका छन् । यस्तै २७४ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा अहिले पनि ६ ४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै ललितपुरमा हालसम्म २९ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये २३ हजार १६८ जना निको भएका छन् । यस्तै ६ हजार ४४८ जना सक्रिय संक्रमित हुँदा ३६७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

कोरोनाको संक्रमण नेपालमा पहिलोपटक २०७६, माघ १० मा पुष्टि भएको थियो। चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आउँदा पहिलोपटक उनमा कोरोना पोजिटिभ देखिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै