होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जसले लोकतन्त्र मान्दैनन्, उसैले लोकतन्त्रको प्वाँख जोडे : प्रधानमन्त्री ओली
राजनीति

जसले लोकतन्त्र मान्दैनन्, उसैले लोकतन्त्रको प्वाँख जोडे : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
जसले लोकतन्त्र मान्दैनन्, उसैले लोकतन्त्रको प्वाँख जोडे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विरुद्ध भद्दा, नग्न र कुरुपता प्रदर्शन भइरहेको बताएका छन् । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १३ बर्षे जेल जीवन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले विरोधी प्रतिक्रियावादीसँग मिलेर नेपालभर फिँजिएको उज्यालो निभाउन खोजिएको बताए ।

‘आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको भद्दा, नग्न र कुरुपता, अराजकताको विपक्षीसँग मिलेर विरोधीसँग मिलेर नेपालभरी फिँजिएको उज्यालोलाई निभाउन प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जता पूर्वक अहिले पनि आन्दोलनविरुद्ध लााग्ने तत्व देखिएका छन्’, प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले यस्तै प्रवृत्तिका कारण मलेसिया लगायतका देशको आन्दोलन सिद्धिएको भन्दै दुनियाँमा सामाजिक न्याय र समृद्धिका निम्ती लड्ने कम्युनिस्ट विचार मात्रै भएको बताए । तर त्यस विचारको यात्रा सहज नहुने र प्रतिक्रियावादीले नसहने प्रधानमन्त्री ओलीको भनाइ छ ।

विज्ञापन

कठिन दिन र भोगाइहरूबाट आजको उपलव्धी भएको भन्दै ओलीले आज केही नेताहरु इमान छोड्ने र अहंकारी बन्ने र म हुँ भन्ने भावनाबाट विमारी भएको बताए । इमान छोड्ने प्रवृति हिजो पनि देखिएको भन्दै प्रधानमन्त्रीले जुन दलसँग प्रतिस्पर्धा गरिएको हो उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासनहीन काममा एमालेकै नेताहरु लागि परेको बताए । उनले यस्तो अराजकतालाई सामान्य भन्न नमिल्ने भन्दै जव नेता बिक्छन् र पतित हुन्छन तब आन्दोलनलाई सकिने बताए ।

‘इमान छोड्नु अहंकारी हुनु म भन्ने भावनाबाट आक्रान्त बिमारी हुनुले नेपालको आन्दोलन ध्वस्त पार्ने प्रयास भइरहेको छ’, ओलीले भने, ‘त्यसलाई फुटाइयो तर अदालतलाई अपजस लगाइयो । जसले लोकतन्त्र मान्दैनन्, उनीहरु लोकतन्त्रको प्वाँख जोडेर देशलाई अराजकता र असभ्यताको असभ्यतातिर लान खोजेको छ’, उनले काँग्रेस सभापति शेरबहादुरर देउवाको नामै लिएर पाखण्डी भाषा प्रयोग गरेको बताए ।

ओलीले पुष्पकमल दाहालले १५ वर्षदेखि बोलेका र बचन लगाएका आरोप हेर्ने हो भने अत्यन्तै गम्भिर रहेको भन्दै त्यसलाई असभ्यताको पराकाष्ठाको संज्ञा दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि