होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँमा जाने कांग्रेसको निर्णय
राजनीति

प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँमा जाने कांग्रेसको निर्णय

  • नागरिक रैबार
प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँमा जाने कांग्रेसको निर्णय

ठमाडौँ- नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँ जाने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै कानूनी चुनौती दिने निर्णयमा पुगेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकोमा कांग्रेस आक्रोशित छ ।

विज्ञापन

लोकतन्त्र तथा संविधान रक्षाका लागि पार्टीले कानूनी लडाइँसँगै अन्य दल तथा नागरिक समाजसँग सहकार्य गर्दै राजनीतिक लडाइँ पनि लड्ने निर्णय गरेको महतले बताए ।

यसका लागि सर्वदलीय छलफलमार्फत संयुक्त रिट दिने तयारी भएको उनले बताए ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार