होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कर्ण थापा र मलाई वडा अध्यक्षमा लडाउनुस् म जितेर देखाउँछु –अध्यक्ष थापा
Breaking News

कर्ण थापा र मलाई वडा अध्यक्षमा लडाउनुस् म जितेर देखाउँछु –अध्यक्ष थापा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कर्ण थापा र मलाई वडा अध्यक्षमा लडाउनुस् म जितेर देखाउँछु –अध्यक्ष थापा

नागरिक रैबार/बाजुरा ९ बैशाख। बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य भरत थापाले पूर्व उद्योगमन्त्री तथा नेकपा एमाले ओलीसमूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई आफुसंगै वडामा वडा अध्यक्षमा सँगै लडाए आफुले  चुनाव जितेर देखाउने चेतावनी दिएका छन् ।


विहिबार नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सदरमुकाम मार्तडीमा बसेको नेकपा एमाले बाजुराको प्रथम विस्तारित बैठकमा वडामा भएका पार्टीका गतिविधिहरुलाई प्रस्तुत गर्दै वडा अध्यक्ष थापाले प्रदेश अध्यक्ष थापालाई यस्तो चेतावनी दिएका हुन् ।

No description available.
विस्तारित बैठकमा वडामा भएका पार्टीका गतिविधिहरु प्रस्तुति गर्ने क्रममा उहाँले आफ्नो र प्रदेश अध्यक्ष थापाको एउटै वडा भएपनि आफुसंग कर्ण थापाले वडामा वडा अध्यक्ष लड्दा कर्ण थापालाई सजिलै पराजित गर्न सकिने दावी गरेका छन् ।

विज्ञापन


उनले भने कर्ण थापा र आफु एउटै वडाको छिमेकी पनि हो तर उहाँ संग वडामा जनआधार नै छैन् । दुईचार जना कार्यकर्ताका भरमा एमालेको राजनीति गरेर उहाँले नेकपा एमालेको जनआधारको खिल्ली गरिरहेको आरोप समेत लगाएका छन् ।


वडा अध्यक्ष थापा र प्रदेश अध्यक्ष थापाको गृह वडा पनि एउटै हो । तर प्रदेश अध्यक्ष थापा ओली समूहमा देखिएका छन् भने वडा अध्यक्ष थापा माधव समूहमा देखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै