९ वैशाख, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानको रहेको म्यानचेस्टर सिटीले एस्टनभिल्ला विरुद्ध पुनरागमन जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै एस्टनभिल्लालाई २-१ ले पराजित गरेको हो ।
खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै घरेलु मैदानमा एस्टनभिल्लालाई पहिले अग्रता दिलाएका थिए ।
तर उक्त अग्रता लमो समय टिकेन । २२ औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । ४० औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा थप गोल भएन ।
दुवै टोली १० खेलाडीमा समेटिएको थियो । ४४ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि सिटी पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । यस्तै ५७ औं मिनेटमा एस्टनभिल्लाक म्याटी क्यासले दोहोरो पहेलो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।
जितपछि ३३ खेलबाट ७७ अंक जोडेको सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि ११ अंकको अग्रता बनाएको छ । सिटीलाई अब उपाधि जित्न बाँकी ५ मध्ये ३ खेल जिते पुग्नेछ । ३२ खेलबाट ६६ अंकसहित युनाइटेड दोस्रो स्थानमा छ ।
फेसबुक प्रतिक्रियाहरु