होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : ४ सय ५४ जनाले पाए रोजगारी
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम : ४ सय ५४ जनाले पाए रोजगारी

  • नागरिक रैबार
प्रधानमन्त्री रोजगार कार्यक्रम : ४ सय ५४ जनाले पाए रोजगारी

धनगढी : बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको पुर्चौँडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत ४ सय ५४ जनाले १ सय दिने रोजगारी पाएका छन् ।

रोजगारी पाएकामध्ये २ सय ९७ महिला र १ सय ५७ जना पुरुष रहेका छन् । छनौट भएकाहरुलाई एक दिने अभिमुखीकरण तालिम दिई ५ गतेदेखि नगरपालिका भित्रका ३० योजना निर्माणमा लगाइएको बताइएको छ ।

विज्ञापन

उक्त नगरपालिकाका अनुसार त्यहाँका १० वटै वडाहरुले छनौट गरेर पठाएका कमजोर आर्थिक अवस्था भएकाहरुलाई रोजगारमा समावेश गरिएको छ र उनीहरुले दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने छन् ।

 

तीन बर्षअघि सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो वर्ष २ सय ५८ जना र दोस्रो वर्ष थप ३ सय ८५ जनालाई ३० दिनको रोजगारी दिइएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार