नागरिक रैबार/बाजुरा ५ मंसिर । त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन भएकाे एक हप्ता पछि सम्पन्न भएकाे छ ।
कार्तिक २६ गते सूरू भएकाे सहकारीकाे विसाैं वार्षिक साधारणसभा तथा साताैं अधिवेशन हप्तादिन पछि आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे ।
आज सम्पन्न भएकाे सहकारीकाे साताै अधिवेशनबाट पुनः अशाेक रावल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । त्यस्तै सहकारीकाे उपाध्यक्षमा शुसिला थापा, सचिवमा शेरबहादुर रावल, काेषाध्यमा राेशनप्रसाद श्रेष्ठ लगायत सदस्यहरू चयन भएका हुन् ।
एक हप्ता अगाडिबाट सूरू भएकाे सहकारीकाे साताैं अधिवेशनमा विभिन्न पदमा आकांक्षी धेरै भएपछि सहमति हुन् सकेकाे थिएन् । शनिवार सवै पदाधिकारीहरू सर्वसम्मत चयन भएकाे निर्वाचन अधिकृत विरबहादुर विष्टले बताएका छन् ।
जिल्लाकै नमुनाका रूपमा परिचित यस सहकारीले विगत १२ वर्षदेखि मार्तडीमा साना जलविद्युत समेत संचालन गरिरहेकाे छ ।
२०५८ सालमा स्थापना भएकाे सहकारीमा हाल १७ सय बढी सेयर सदस्य रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु