होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • देउवाजीलाई फोन गरेर मैले सरकार बनाउनुस् भनेँ : प्रधानमन्त्री
राजनीति

देउवाजीलाई फोन गरेर मैले सरकार बनाउनुस् भनेँ : प्रधानमन्त्री

  • नागरिक रैबार
देउवाजीलाई फोन गरेर मैले सरकार बनाउनुस् भनेँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान आफूले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बनाउन प्रस्ताव गरेको खुलासा गरेका छन् । शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहान देउवासँग फोन वार्ता भएको बताएका हुन् । ‘देउवाजीलाई फोन गरेर भनेँ– तपाईहरु सरकार बनाउनुस्, हामी शान्त र संयमित भएर बस्छौँ भनेँ ।’

जवाफमा देउवाले ‘होइन, राष्ट्रिय नेतृत्वमा सरकार बनाऔँ’ भनेर प्रस्ताव गरेको उनले सुनाए । उनले भने, ‘त्यसपछि मैले पनि आउनुस् मेरो नेतृत्वमा बनाउँ भनेँ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई विभाजित बाटोमा लैजाने प्रयासमात्र नगर्नुस् भनेर आफूले देउवालाई भनेको उनले सुनाए । आफूले उपयुक्त विकल्प छ भने प्रस्तुत गर्न पनि देउवासँग आग्रह गरेको उनले बताए ।

विज्ञापन

उनले भने, ‘उहाँहरु राजनीतिलाई तनावतिर, परस्परमा घृणातिर लाँदै हुनुहुन्छ ।’ संविधानमाथि थिचोमिचो भयो भनेर आफूमाथि लगाइएको आरोपको पनि उनले प्रतिवाद गरे । ‘वैकल्पिक सरकार बनाउन छोडिदिँदा पनि थिचोमिचो हुन्छ ? विश्वासको मत लिँदा म हार्छु, हारेपछि हामी उपधारा ५ मै जाने हो , त्यसो भएँ अहिले नै जाउँ न भन्नु के गलत भयो ?’

बजेट ल्याउने समयसीमाका हिसाबले, कोभिड महामारी नियन्त्रण गर्ने चुनौतीका हिसाबले पनि आफूले मार्गप्रशस्त गरिदिएको उनको भनाइ थियो ।

उनले राष्ट्रपतिलाई महाभियोग लगाउने भन्ने कुरा आक्रोश कुण्ठा के हो भन्ने प्रश्नसमेत गरे । उनले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौतीसमेत दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि