बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो ।
देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला हिसां र बलत्कार बिरुद्ध सबै एक हौँ भन्ने मुला नाराका साथ बजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गरी कार्यक्रम समापन गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु