होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • श्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर
समाचार

श्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर

  • नागरिक रैबार
श्रीमानहरु ओलीतिर, श्रीमतीहरु प्रचण्ड–माधवतिर

काठमाडौं । नेकपा विभाजनको असर सिन्धुपाल्चोकका दुई पूर्वमाओवादी नेताको परिवारमा पनि परेको छ । अहिलेका खेलकुदमन्त्री, पूर्व माओवादी नेता एवम् पहिलो संविधानसभाका सदस्य दावा तामाङ र पहिलो संविधानसभा सदस्य एवम् पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवारमा नेकपा विभाजनको असर परेको हो ।

तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लागेका छन् भने उनीहरुका श्रीमतीद्वय कुमारी मोक्तान र देवी खड्का प्रचण्ड–माधव पक्षीय नेकपामा खुलेका छन् । तामाङ वागमती प्रदेशसभाकी सदस्य हुन् भने खड्का पहिलो संविधानसभाकी सदस्य हुन् ।

मोक्तान मकवानपुरकी नेतृ हुन् भने खड्का दोलखाकी नेतृ हुन् ।

विज्ञापन

‘राजनीतिक चेतनासहितको दम्पती भएका कारण पार्टी फुटेसँगै श्रीमान–श्रीमती दुईतिर हुनु स्वभाविक हो’ खेलकुदमन्त्री दावा तामाङले भने, ‘पार्टी फरक भए पनि पारिवारिक रुपमा सम्बन्ध सुमधुर छ ।’

श्रीमान–श्रीमती दुईतिर लाग्नुमा भूगोलको प्रभाव भएको बताउँछन्, नेता श्रेष्ठ । ‘राजनीतिक गर्ने भएपछि भूगोलको स्थितिले पनि फरक पार्दो रहेछ’ श्रेष्ठले भने, ‘पार्टी फरक भए पनि परिवारमा समस्या भने छैन ।’

अहिलेका सभामुख अग्निप्रसाद सापकोटा समूहबाट पेलिएका तामाङ र श्रेष्ठ ओली पक्षमा लागेसँगै कमजोर भनिएको सिन्धुपाल्चोकमा ओली पक्षीय नेकपा क्रमशः बलियो बनेको उक्त पक्षका नेता एवम् प्रदेशसभा सदस्य सरेश नेपालले बताए ।

सिन्धुपाल्चोककै नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई पनि शनिबार आफ्नो पक्षमा लागेसँग ओली पक्षीय नेकपा हौसिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार