होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षक सेवा आयोगको परीक्षा एसईईसँग जुध्ने चिन्ता
समाचार

शिक्षक सेवा आयोगको परीक्षा एसईईसँग जुध्ने चिन्ता

  • नागरिक रैबार
शिक्षक सेवा आयोगको परीक्षा एसईईसँग जुध्ने चिन्ता

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) जुध्ने सम्भावना देखिएको छ । त्यसैले परीक्षा तालिकाबारे शिक्षक सेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले मावि तहको परीक्षा आगामी चैत १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा तालिका भने सार्वजनिक हुन बाँकी छ ।

यद्यपि शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले एसईईसँग परीक्षा जुध्ने सम्भावना भएकाले परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको बताए । उनले भने, ‘परीक्षा जुध्ने सम्भावनाबारे हामीबीच छलफल भएको छ, यसबारे परीक्षा बोर्डसँग पनि छलफल गर्ने हो कि भनेर कुरा भइरहेको छ ।’

विज्ञापन

एसईई परीक्षाका लागि विद्यार्थीहरुलाई तयारी गराउने शिक्षकहरु आफ्नै परीक्षामा व्यस्त रहने हुँदा परीक्षा सन्चालनमा समस्या नहोस् भनेर आफूहरु सचेत रहेको उनले बताए ।

विगतमा एसईई परीक्षा चैत महिनामा हुने गरेको थियो । गत वर्ष भने कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा हुन नसकेपछि आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै