नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहसचिवमा बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सघिंय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सिफारीसमा कामको मुल्याङकन तथा योग्यताका आधारमा प्रजिअ अधिकारीलाई बढुवा गरिएको सुचनामा उल्लेख गरिएको छ ।
२०७८ पौष ४ गतेको निणर्य अनुसार योग्यता पुगेका बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित १८ जना उप सचिवबाट सह सचिवमा बढुवा गरिएको जनाएको छ । इलाम घर भएका प्रजिअ अधिकारी गत असारमा बाजुराको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न बाजुरा आएका थिए ।
निजामती सेवा ऐन २०४९ को दफा २०(४) र २४ (च) बमोजिम सूचना प्रकाशन गरी बढुवा सिफारीको नामावली प्रकाशन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु