होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • एमालेको आजको बैठकले यी २२ सांसदमाथि कारबाही गर्ने
पत्रपत्रिका

एमालेको आजको बैठकले यी २२ सांसदमाथि कारबाही गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमालेको आजको बैठकले यी २२ सांसदमाथि कारबाही गर्ने

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ ।

आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाहीको निर्णय लिने बुझिएको छ । उनीहरुलाई हिजोको बैठकले २४ घन्टे स्पष्टिकरण सोधेको थियो । प्रक्रिया मिलाएर उनीहरुमाथि कारबाही हुन लागेको हो ।

एमाले बैठकको कारबाहीमा पर्नेहरुमा वरिष्ठ नेता माधवकुमार नेपालका अलावा देउवालाई मतदान गर्ने विरोध खतिवडा, कृष्णलाल महर्जन, प्रेमबहादुर आले, धनबहादुर बुढा, जीवनराम श्रेष्ठ, हिरा केसी, मेटमणि चौधरी, भवानी खापुङ, गोपाल बम, मुकुन्द न्यौपाने, कलिला खातुन, रामकुमारी झाँक्री, विनादेवी बुढाथोकी, कृष्णकुमार श्रेष्ठ, समिना हुसेन, कल्याणी श्रेष्ठ, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण कायस्थ, निरा जैरु, अञ्जना विशंखे छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै