होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी
समाचार

प्रधानमन्त्री ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। काँग्रेस संसदीय दलले बिहीबार आयोगमा उजुरी दर्ता गराएको हो।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठबाट निर्वाचन आचार संहिताको उलंघन भएकोले कारबाही गर्न काँग्रेसले माग गरेको छ। मौन अवधिमा प्रधानमन्त्री र शिक्षामन्त्रीले सार्वजनिक रूपमा आफ्ना उम्मेदवारका लागि भोट अपिल गरेका थिए।

सरकारका प्रमुखले नै सार्वजनिक अपिल गरेर निर्वाचनमा प्रभाव पार्ने काम गरेको काँग्रेसको ठहर छ। प्रधानमन्त्रीको उक्त कार्यलाई काँग्रेसले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत रहेको भनेको छ। निर्वाचन आचार संहिता पालना गर्नु सबैको साझा कर्तव्य भएकोले आचार संहिता उलंघन गर्ने जसुकैलाई कारबाही गर्नुपर्न काँग्रेसको भनाई छ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ,’ बैठकको निर्णयसहित उजुरीमा भनिएको छ।

यस्तो छ उजुरी

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि