होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन: प्रधानमन्त्री ओली
राजनीति

प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन: प्रधानमन्त्री ओली

  • नागरिक रैबार
प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैन: प्रधानमन्त्री ओली

काठमाडौं, ८ फागुन । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कडा व्यंग्य प्रहार गर्नुभएको छ । शनिबार विराटनगरमा आयोजित विशाल सभालाई सम्बोधनका क्रममा डाक्टरले छाडेका प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने उहाँले बताउनुभयो ।

उहाँले प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै भन्नुभयो, ‘प्रचण्डजीको त यति माया लाग्छ नि । वैद्यले भनौँ डाक्टरले नि छोड्नुभयो । त्यसपछि झाँक्रीले साथ दिनु भएको छ । तर, उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन ।’

अध्यक्ष प्रचण्डलाई एकचोटी विराटनगरको सभा हेर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘चउरमा मान्छे अट्नुभएको छैन । मैले बोलेको देखिरहनुभएको छैन, टि.भि. को स्क्रिनबाट हेरिरहनुभएको छ । हुन त ड्रोनले खिचिरहेको छ । केवल चन्द्रमाले मात्र यो आमसभालाई देखेको छ ।’

विज्ञापन

त्यसपछि प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सिद्धिसकेको प्रचण्डलाई मैले सिङ हाल्एिको थिए तर, उहाँमा अहंकार पलाएर हामीलाई सिद्धाउन लाग्नुभयो । तर, उहाँको त्यो सपना पूरा हुँदैन । आउनुहुन्छ भने आउनुस् तर, उहाँ आउने बाटो होइन सकिने बाटो पस्नुभएको छ ।’

सम्बोधनलाई अघि बढाउनुपूर्व प्रदेशन नम्बर १ को प्रधानमन्त्री ओलीले निकै गुणगाण गर्नुभयो । उहाँले भन्नुभयोे, ‘वेदको सुरुवात, मुन्धुमको सुरुवात यहीँ प्रदेशमा भएको छ । आठ हजारभन्दा माथिका उचाई भएका हिमशिखरहरु यहीँ प्रदेशमा छन् ।’

जनताको अधिकार खोसिएर राजनीति शिथिल भएको बेला लोकतान्त्रिक, गणतन्त्रको घोषणा ५० वर्षअघि यहीँ प्रदेशको भूमिबाट गरेको उहाँले बताउनुभएको छ । तर, अहिले केहीले गुटको खेती गर्नलाई केही तत्वहरु लागिपरेको उहाँले बताउनुभयो ।

यसैगरी यो सरकारले सुकुम्बासी बस्ती समाधान गर्न अघि बढ्दा नेकपा–प्रचण्ड पक्ष नेपाल बन्द गरेको प्रधानमन्त्री ओलीको भनाई छ । तैपनि काग कराउँदै गर्ने, पिना सुक्दै जाने उहाँले भन्नुभयो ।

तीन वर्षको अवधिमा एकैदिन ९ सय अस्पतालको सिलान्यास गरेर, मेची–महाकाली राजमार्गको ६२ काम समाप्त गरेर, शिक्षामा साक्षारता सुधार गरेर देशको विकास असाधारण उन्नती गरेको प्रधानमन्त्रीले भन्नुभएको छ । २०२२ सम्म अल्पविकसित राष्ट्र दिगो विकासतर्फ उन्मुख हुने उहाँले बताउनुभयो ।
त्यस्तै, कोरोनाको अन्त्य लगभग अन्त्य भइसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । भारतबाट १० लाख डोज कोरोना खोप आउँदै गरेको र थप चीनबाट पनि ल्याउन लागिएको उहाँले बताउनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार