होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बादललाई ओलीबाट धक्का ! कडा कदम चाल्नसक्ने
समाचार

बादललाई ओलीबाट धक्का ! कडा कदम चाल्नसक्ने

  • नागरिक रैबार
बादललाई ओलीबाट धक्का ! कडा कदम चाल्नसक्ने

काठमाडौं, ८ फागुन । शुक्रबार साँझ प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । तर, मन्त्रिपरिषदले परियारलाई पदमुक्त गर्ने सिफारिश गरेकोबारे गृहमन्त्री रामबहादुर थापा बादल नै बेखबर भएको बुझिएको छ ।

यसअघि नेकपाको ओली समूहले जनयुद्ध दिवस नमनाएकोमा बादल असन्तुष्ट भएका थिए । युवा संघको पुनःसंरचना गर्दा आफ्नो पक्षकालाई बेवास्ता गरेको भन्दै बादल पक्षले बहिष्कार नै गरेको थियो ।

संवैधानिक निकायमा नियुक्तिमा बादललाई दिइएको आश्वासन पूरा भएन । उनी निकट कुनै व्यक्ति पनि नियुक्तिमा परेनन् । यसबाट बादल निकै असन्तुष्ट भएको बुझिएको छ ।

दावा लामालाई खेलकुदमन्त्री बनाउने बाहेक ओलीले बादललाई बेवास्ता गरेका छन् । विश्वस्त स्रोतका अनुसार बादलसँग नजिक रहेका स्थायी कमिटीका कुनै सदस्य ओली समूहमा आएनन् । केन्द्रीय कमिटीका नेताहरु मध्ये एकाधमात्र आए । यसबाट पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बादलको शक्ति कमजोर देखेर महत्व दिन छाडेका छन् ।

यसैगरी, आफूलाई बेवास्ता गर्न थालेको भन्दै बादलले निकटस्थहरुसँग परामर्श बढाएका छन् । ओलीबाट एकपछि अर्को धक्का परेपछि उनी गम्भीर बनेका छन् । उनले परिस्थिति हेरेर फरक खालको कदम चाल्ने तयारी पनि थालेको बुझिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै