होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सुदूरपश्चिम ११० रनमा अलआउट, सागर र दीपेन्द्रले लिए समान ४ विकेट
खेलकुद

सुदूरपश्चिम ११० रनमा अलआउट, सागर र दीपेन्द्रले लिए समान ४ विकेट

  • नागरिक रैबार
सुदूरपश्चिम ११० रनमा अलआउट, सागर र दीपेन्द्रले लिए समान ४ विकेट

७ माघ, काठमाडौं । नेपाल पुलिसका स्पीनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४-४ विकेट लिएपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश ११० रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११० रन मात्र बनाएको हो ।

 

विज्ञापन

सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले सर्वाधिक ४० रन बनाए । यस्तै अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । चार खेलाडी खाता नखोली आउट भए ।

ओपनर तथा कप्तान सन्तोष भट्ट खेलको दोस्रो बलमै डायमण्ड डकआउट भएपछि खडक र सन्जुले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

तर त्यसपछि पुलिसका सागर र दीपेन्द्रले उत्कृष्ट बलिङ गरेपछि सुदूरले थप ३० रन जोड्दा ९ विकेट गुमायो । सुदूरपश्चिमले अन्तिम ७ विकेट ८ रनमा गुमाएको थियो ।

सुदूरपश्चिमलाई अलआउट गर्न पुलिसका लागि सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै १८ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै दीपेन्द्रले ६.१ ओभरमा २ मेडन राख्दै १० रन मात्र खर्चेर ४ विकेट लिए । सागरले टप अर्डर र दीपेन्द्रले लोअर अर्डरको विकेट लिए । दुई खेलाडी रनआउट भए ।

आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएका पुलिस र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार