होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्राफिक प्रहरीले दुःख दिएको भन्दै अटोरिक्सा चालक आन्दोलित
समाचार

ट्राफिक प्रहरीले दुःख दिएको भन्दै अटोरिक्सा चालक आन्दोलित

  • नागरिक रैबार
ट्राफिक प्रहरीले दुःख दिएको भन्दै अटोरिक्सा चालक आन्दोलित

धनगढीः ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै धनगढी–अत्तरियाका अटोरिक्सा चालक आन्दोलित भएका छन्। जथाभावी रुपमा ट्राफिकले रकम असुल्ने गरेको भन्दै सो क्षेत्रमा अटोरिक्सा चलाउँदै आएका चालकहरुले विरोधस्वरुप धनगढी उपमहानगरपालिका घेराउ गरेका हुन्।

प्रत्येक अटोरिक्सा चालकबाट आफूअनुकुल रकम असुल्न खोज्ने र दिन नमाने चल्नै नदिने ट्राफिक प्रहरीको ज्यादती सहन नसकेर धनगढी–अत्तरिया सडक खण्डमा चल्ने अटोरिक्सा चालकले सम्पूर्ण सवारीसाधनलाई धनगढी उपमहानगरपालिको परिसरमा ल्याएर विरोध गरेका छन्।

कहिले लाइसेन्स त कहिले ब्लूबुकको नाममा ट्राफिक प्रहरीले अनावश्यक रुपमा दुःख दिने गरेको अटोरिक्सा चालक ओम बेलालले गुनासो गरे। आम्दानीको अर्को श्रोत नभएर परिवार पाल्न लाखौ रुपैयाँ ऋण गरेर अटोरिक्सा खरिद गरेको भएपनि ट्राफिक प्रहरीको रकम असुलीले आफूहरु समस्यामा परेको अर्का अटोरिक्सा चालक लक्ष्मण महराले बताए। ट्राफिक प्रहरीले आफूहरुलाई गरिखान नदिएको अर्का रिक्सा चालक पारससिंहले गुनासो गरे।

विज्ञापन

आन्दोलित चालकहरुले धनगढी उपमहानगरका नगरप्रमुख नृपबहादुर वडलाई ज्ञापनपत्र दिने कार्यक्रम राखेको भएपनि नगरप्रमुख कार्यालयमा नभेटिएपछि अटोरिक्सा चालक झनै आक्रोशित भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार