धनगढी : शुक्रबार (आज) ७४ जिल्लामा नेपाली कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा र पालिका अधिवेशन सकेर थप संरचनामा अधिवेशन हुन नसकेका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा वडा अधिवेशन हुन नसकेको काग्रेसले जनाएको छ। सन्धुपाल्चोकमा तीन वडामा अधिवेशन बाँकी छ। तीन जिल्लाबाहेक अन्यमा प्रदेश सभा क्षेत्रको निर्वाचन एक साथ हुन लागेको नेपाली कांग्रेस जनाएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेका जिल्लामा जिल्ला अधिवेशन मंसिर ६ मा तोकिएको छ। एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा मंसिर १० मा जिल्ला अधिवेशन हुनेगरि मिति तोकिएको छ। हालसम्म १४ जिल्लाको अधिवेशन सकिएर ३९० प्रतिनिधि चयन भएका छन्। वडा र पालिका अधिवेशन सकिएको डडेलधुरामा पनि विवाद छ। डडेल्धुरा काग्रेजका अध्यक्ष कर्ण मल्ल पक्षले वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ। पुनः अधिवेशनको माग गर्दै डडेलधुराका असन्तुष्ट पक्षका कार्यकर्ता केन्द्रीय कार्यालयमा अनशनमा बसेका छन्। १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने गरी मिति तय गरिएको छ।दिनेश खबरबाट साभार
फेसबुक प्रतिक्रियाहरु