होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिपक्ष मात्रै हैनौं, देशभर बहुमतको सरकार छ : ओली
समाचार

प्रतिपक्ष मात्रै हैनौं, देशभर बहुमतको सरकार छ : ओली

  • नागरिक रैबार
प्रतिपक्ष मात्रै हैनौं, देशभर बहुमतको सरकार छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

 

उनले भने– ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।’ उनले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार