होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड र बाबुराम एउटै मञ्‍चमा
समाचार

प्रचण्ड र बाबुराम एउटै मञ्‍चमा

  • नागरिक रैबार
प्रचण्ड र बाबुराम एउटै मञ्‍चमा

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्‍चमा देखिएका छन् ।

बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उनीहरु एउटै मञ्‍चमा देखिएका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

विज्ञापन

‘नयाँ परिस्थिति बनेको छ । आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ । अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलो गर्नु हुँदैँन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर ।’ उनले भने, ‘बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ । जति छिटो उहाँको सनाखत हुन्छ । त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूवबीच बिहीवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे ।

उनले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताए । उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ । यो दुईवटामा आकाश, जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ ।’

यस्तै अन्तरक्रियामा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याए । नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । बस्तुगत रुपमा त हो नै विषयगत रुपमा हामी हिच्किचाइरहेका छौँ ।’ उनले भने, ‘चुनाव चिन्ह छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैनकि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ ।’

उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार