होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपालको पार्टी सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड
समाचार

माधव नेपालको पार्टी सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

  • नागरिक रैबार
माधव नेपालको पार्टी सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् ।

 

‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डको भनाइ छ ।

विज्ञापन

त्यस्तै उनले अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको बताए ।

‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र, संविधान, सिध्याउने हो । अर्कोको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हो अनि कसरी एउटै हुन्छ ?’, प्रचण्डको प्रश्न छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार