होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार सिंहले गरे जेपी जाेशीकाे परिवारलाई थप १ लाख सहयाेग
समाचार

पत्रकार सिंहले गरे जेपी जाेशीकाे परिवारलाई थप १ लाख सहयाेग

  • नागरिक रैबार
पत्रकार सिंहले गरे जेपी जाेशीकाे परिवारलाई थप १ लाख सहयाेग

नागरिक रैबार/ बाजुरा ७ फागुन। जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही परिवारलाइ दिएको र उनको परिवार बिच्चलीमा रहेको समचार सञ्चार माध्यममा प्रकाशित पछि उनलाई सहयोग जुटेको हो ।
पुुरस्कारको रकम सहयोग र परिवार बिच्चली परेको समचार प्रकाशित पछि अष्ट्रेलिया बस्दै आएका बिक्रम सुुवेदीले १ लाख सहयोग गरेका छन् । नवलपरासिको गैडाकोट नगरपालिका १० घर भएका सुुबेदीले जेपी जोशीको परिवार बिच्चलीमा र छोरीको बिद्यालय शुुल्क तिर्न नसकेको समचार प्रकाशित पछि सहयोग गरेको वताएका छन् । डेढ बर्ष देखी छोरीको बिद्यालयको शुुल्क तिर्न नसकेर समस्या परेको जानकारी पछि सहयोग गरेको सुुबेदीले वताएका छन् ।
सुुबेदी १३ बर्ष देखी अष्ट्रेलिया बस्दै आएका छन् । उनी अष्ट्रेलियाको अध्यागमनमा कानुुनबिज्ञका रुपमा कार्यरत रहेका छन् । सुुबेदीले तिर्न नसकेको शुुल्क तिर्न सहयोग गरेको र जोशीका दुुबै छोरीलाई कक्षा १२ सम्म पढनका लागि समेत आगामि दिनमा थप सहयोग गर्ने वताएका छन् । सहयोग रकम दि हिमालयन टाइम्सका सम्बाददाता प्रकाश सिंहलाइ पठाएका थिए । उक्क्त रकम शुुदुरपश्चिम पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुुन शाह र पत्रकार महासंघ पुुर्व केन्द्रिय सदस्य कर्ण शाह मार्फत घरमै पुुगेर हस्तान्तरण गरेका छन् । सम्वादाता सिंहले जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार बाट पाएको १२ हजार जोशीको परिवार यो भन्दा पहिला नै सहयोग गरेका थिए ।
सहयोग प्राप्त पछि जेशी जोशीकी श्रीमति बसन्ति जोशीले सहयोग रकम छोरीको बिद्यालयको शुुल्क तिर्ने वताएकि छन् । आफुुलाइ ठुुलो सहयोग भएको छ, सहयोग गर्नेलाई धन्यवाद दिएकि छन् । २०६५ सालमा हत्या भएका पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा परेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका ३ जना परिवार आर्थिक संकटमा परेको समचार प्रकाशित भएको थियो ।
पत्रकार जोशीका श्रीमति बसन्ति जोशी, १७ बर्षिय छोरी पुजा जोशी र १३ बर्षिय गिता जोशी रहेका छन् । पुुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुुलमा अध्यन गर्ने गरेका छन् । पुजा र गिताको बिद्यालयको डेढ बर्ष देखिको ९५ हजार शुुल्क तिर्न नसक्दा बाँकि रहेको थिया्े । कक्षा १० मा पढने पुजा जोशीको शुल्क तिन नसक्दा फारम समेत भर्न रोकेको थियो, धेरै हारगुुहार गरेर फारम बुुझेको रुदै बसन्तिले वताईन् ।
जेपी जोशी २०६५ असोज २२ गते घर बाट काठमाडौ जाने भएर गएका थिए । २२ गते देखी सम्पर्कमा नआएका जोशी सोही बर्ष मंसिर १३ गते मालाखेती जंगलमा उनको मृतक लाश भेटिएको थियो ।बसन्तिको आधा कट्टामा चुुहिने घर पुरानो घर छ । पुजाले भनिन्, बिद्यालयमा शुुल्क तिर्न भनेर पटक पटक भन्छन्, आफुलाई पनि मानसिक चिन्ता हुुने गरेको वताईन्, कुुनै दिन त पढाइ छोडौ भन्ने लागेको थियो, अहिले शुुल्क तिर्न सहयोग पाएसि ठुुलो राहत भएको उनले वताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै