होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो
राजनीति

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

  • नागरिक रैबार
नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो ।

यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन भनिएको छ l

‘नागरिकता संकलन भएपछि नै पार्टीले थप निर्णय गर्छ, अहिलेलाई अभिलेख राख्न मात्रै हो’, एक स्थायी कमिटी नेताले भने । भोलि दिउँसोसम्म नागरिकता सहित उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ ।

विज्ञापन

यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दावी गर्दै २८७ जनाको नाम बुझाएको छ । तर, पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ मध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै