काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले वकिलहरुमाथि बल प्रयोग गरेको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।
मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् । वैकल्पिक गेट अगाडी बसेर वकिलहरुले धर्ना दिन खोजिरहेका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
राणाबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । कान्तिपु्रबाट सामाचारबाट साभार
फेसबुक प्रतिक्रियाहरु