होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • काँग्रेस नेता पाण्डेलाई गृह जिल्लाकै कार्यकर्ताले देखाए कालो झण्डा
Breaking News

काँग्रेस नेता पाण्डेलाई गृह जिल्लाकै कार्यकर्ताले देखाए कालो झण्डा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
काँग्रेस नेता पाण्डेलाई गृह जिल्लाकै कार्यकर्ताले देखाए कालो झण्डा

नागरिक रैबार/बाजुरा २ असोज। नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले मार्तडीमा कालो झण्डा सहित उनको विरुद्धमा प्रर्दशन गरेका छन् ।

नेता पाण्डेलाई शनिबार मार्तडीमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले कालोझण्डा सहित उनी विरुद्ध प्रर्दशन गरेका हुन् ।
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनका लागि शनिबार गृह जिल्ला पुगेका नेता पाण्डेलाई जिल्ला भरका क्रियाशिल सदस्यहरुको सदस्यतामा मनोमानी गरेको आरोप लगाउँदै उनी विरुद्ध नाराबाजी सहित कालो झण्डा देखाउन बाध्य भएको काँग्रेसका एक कार्यकताले बताएका छन् ।
https://www.facebook.com/gorakh.bista.7/videos/3670763459693250

नेता पाण्डेले गुटबन्दी गरेर बाजुरामा देउवा पक्षका क्रियाशिल सदस्यहरुको नाम काटेकाे आरोप लगाएका छन् ।असोज ५ गतेबाट हुने वडा अधिवेशनको तयारीका लागि काँग्रेसका प्रमुख नेताहरुको पार्टी कार्यालयमा बसीरहेको बेला नेता पाण्डेलाई लक्षित गरेर कार्यक्रताहरुले नाराबाजी सहित प्रर्दशन गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै