होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम
समाचार

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

  • नागरिक रैबार
स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् ।

उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको  बताए ।

‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ’, उनले भने ।

विज्ञापन

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वासकाे मत लिंदैछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार