होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपाल समूह भन्छ, ‘एमालेका ४० सांसदले देउवालाई विश्वासको मत दिन्छन्’
राजनीति

माधव नेपाल समूह भन्छ, ‘एमालेका ४० सांसदले देउवालाई विश्वासको मत दिन्छन्’

  • नागरिक रैबार
माधव नेपाल समूह भन्छ, ‘एमालेका ४० सांसदले देउवालाई विश्वासको मत दिन्छन्’

धनगढी : नेकपा एमालेका सांसद एवं नेता माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले नेपाल समूहले देउवा सरकारलाई विश्वासको मत दिने बताएका छन्।

आइतबार  नागरिक सवाल कार्यक्रममा कुरा गर्दै देउवा सरकारलाई एमालेबाट ४० जनाभन्दा बढि सांसदले विश्वासको मत दिने दाबी गरेका हुन्। देउवा नेतृत्वको सरकारलाई भने विश्वासको मत दिएर संसदको ५ वर्षे कार्यकाल पूरा हुने अवस्था निर्माण गर्नु एमालेको कर्तव्य हुने खतिवडाले बताए।

‘हामी संसद पूर्णकाल चल्नुपर्छ भनेर अदालत गएका थियौँ। तसर्थ हामी देउवा सरकारलाई विश्वासको मत दिन्छौँ,’ उनले भने, ‘४० जनाभन्दा बढि एमालेका सांसदले विश्वासको मत दिन्छन्।’

विरोध खतिवडा

अध्यक्ष केपी शर्मा ओलीको दम्भको कारण पार्टीमा समस्या आएको र पार्टी एक बनाउन अध्यक्ष ओलीले पार्टीको विधान र निर्णय अनुसार चल्नुपर्ने उनको धारणा छ। उनले भने, ‘अहिलेसम्म केपी ओलीको व्यवहार हेर्दा पार्टी एकताको सम्भावना नरहेको भएपनि फागुन २८ गते गरिएका निर्णय खारेज गर्न ओली तयार भएमा पार्टी एक हुनसक्छ।’

सांसद खतिवडाले पार्टी अध्यक्ष ओलीको दम्भले एमालेमा विग्रह आएको बताएका छन्। ओलीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेको र दुई तिहाई नजिकको नेकपामा विभाजन हुनुमा ओलीको दम्भले काम गरेको सांसद खतिवडाले आरोप लगाए।

ओलीको पार्टी कब्जा गर्ने रणनीति र भुरे टाकुरे वरपर राखेर पार्टीमा सम्राट हुन खोज्ने प्रवृत्तिको कारण एमालेमा नेता नेपाल समूले पटकपटक दमन र कारर्बाही भोग्नु परेको स्मरण गर्दै पार्टीलाई एक ढिक्का राख्न अध्यक्ष ओली र उनको समूहले सच्चिएर पार्टीको विधान अनुरुप चल्नुपर्ने खतिवडाले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि