होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले कार्यदलको बैठक बस्दै
Breaking News

एमाले कार्यदलको बैठक बस्दै

  • नागरिक रैबार
एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं ४ जेठ । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो ।

उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ ।

त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।

तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी छोडेर आउनेहरुलाई ओलीले एमाले केन्द्रीय कमिटीमा मनोनित गर्दै महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार