होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • संसद् विघटनका दुई महिना : दाहाल–नेपाल समूहले समर्थन नपाएका तीन मुद्दा
राजनीति

संसद् विघटनका दुई महिना : दाहाल–नेपाल समूहले समर्थन नपाएका तीन मुद्दा

  • नागरिक रैबार
संसद् विघटनका दुई महिना : दाहाल–नेपाल समूहले समर्थन नपाएका तीन मुद्दा

काठमाडौँ — संसद् विघटनपछि त्यसको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको नेकपाको दाहाल–नेपाल समूहले निकै कोसिसका बाबजुद पनि तीन मुद्दामा समर्थन जुटाउन असफल भएको छ । प्रतिनिधिसभा विघटनको दुई महिना बित्दा पनि दाहाल–नेपाल समूह संयुक्त आन्दोलन, अन्तर्राष्ट्रिय समर्थन र वैधानिकताको लडाइँको मोर्चामा कमजोर देखिएको छ । यद्यपि वैधानिकताको विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ ।

दाहाल–नेपाल समूहले समर्थन नपाएका तीन मुद्दा

संयुक्त आन्दोलनमा सहमति बनेन
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै त्यसविरुद्ध संयुक्त आन्दोलनमा जाने दाहाल–नेपाल समूहको प्रयासले दुई महिनासम्म पनि मूर्तरुप लिन सकेको छैन । संयुक्त आन्दोलनलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाभित्र सहमति नजुटेपछि दाहाल–नेपाल समूहको कोसिसले सफलता पाएको छैन ।

विज्ञापन

यो समूहका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले पटक-पटक आग्रह गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका एक अध्यक्ष महन्थ ठाकुर तयार नभएपछि संयुक्त आन्दोलनको वातवरण बनेको छैन । संयुक्त आन्दोलनको प्रयास सफल नभएपछि अहिले दाहाल–नेपाल समूह, कांग्रेस र जसपाले संसद् विघटनविरुद्ध एक्लाएक्लै आन्दोलन गरिरहेका छन् ।

दुई पटक काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले फागुन १५ सम्मका लागि चौथो चरणको आन्दोलन समेत घोषणा गरेको छ । संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाईकै क्रममा छ । कांग्रेसले अदालतको निर्णयलाई अन्तिम मान्ने भन्दै अहिले पुन:स्थापनाको विषयमा केही बोलेको छैन । तर, दाहाल–नेपाल संसद् पुन:स्थापनाको पक्षमा छ । उसको आन्दोलन यसैमा केन्द्रित छ ।

अन्तर्राष्ट्रिय समर्थन जुटाउन सकेनन्

संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको नेकपाको दाहाल–नेपाल समूहले आफ्नो पक्षमा अन्तर्राष्ट्रिय शक्ति जुटाउने कोसिस गरेको थियो । तर, संसद् विघटनको दुई महिनासम्म पनि अन्तर्राष्ट्रिय शक्ति मूलत: अमेरिका, युरोपियन यूनियन र भारतले अहिलेसम्म मौनता साधेका छन् । उनीहरुको मौनतालाई लिएर दाहाल–नेपाल समूह आश्चर्यचकित छ । चीनले सार्वजनिक रुपमा त केही भनेको छैन र उ संसद् पुन:स्थापनाकै पक्षमा रहेको दाहाल–नेपाल समूहका नेताहरुको दाबी छ ।

दाहालले त सार्वजनिक कार्यक्रममै ‘आफूलाई लोकतन्त्रवादी भन्ने मुलुकले नेपालमा लोकतन्त्रमाथि प्रहार हुँदा नबोलेको’ भन्दै असन्तुष्टि नै जनाएका थिए । यहीबीचमा दाहाल–नेपाल समूहले अन्तर्राष्ट्रिय संचारमाध्यममा कार्यरत संचारकर्मीसँग समेत अन्तरक्रिया गरेका छन् । दाहालले आफूले लोकतन्त्रको पक्षमा भारतीय भूमिका अपेक्षा गरे पनि त्यस्तो सहयोग नमिलेको गुनासो नै गरेका छन् ।

आयोगबाट पनि समर्थन पाउन सकेन

संसद् विघटनपछि राजनीतिक रुपमा विभाजित नेकपाको कानुनी लडाइँ निर्वाचन आयोगमा पुगेको छ । तर, केन्द्रीय कमिटीमा बहुमत प्राप्त हुँदाहुँदै पनि दाहाल–नेपाल समूहले वैद्यानिकता प्राप्त गर्न सकेको छैन । दाहाल–नेपाल समूहले आयोगमा २८४ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको छ ।

दुवै पक्षले गरेका संगठनात्मक निर्णयलाई मान्यता दिन नसकिने माघ १२ मा निर्णय गरेको निर्वाचन आयोगले अहिले दाहाल–नेपाल समूहले दिएको दल विभाजनसम्बन्धी निवेदनको अध्ययन गरिरहेको बताएको छ । विगतमा बहुमत पक्षले आधिकारिता पाउने नजीर भए पनि आयोगले आफूहरुलाई वैधानिकता दिन आनाकानी गरेको र प्रधानमन्त्रीको इसारामा संवैधानिक निकाय चलेको भन्दै असन्तुष्टिसमेत पोखेको छ ।

दाहाल–नेपाल समूहले दलको आधिकारिकता दाबी गर्दै माघ २० मा १९ पेज लामो निवेदन आयोगमा बुझाएको छ । तर, आयोगले नेकपा विवाद टुंगाउने विषय थाती राखेर निर्वाचनका अन्य तयारी क्रमश: अगाडि बढाएको छ । आगामी वैशाख १७ र २७ का लागि निर्वाचन मिति तोकिएको छ ।

पहलकमदी पुगेन कि परिस्थिति परिपक्‍व भएन ?

संयुक्त आन्दोलन, अन्तर्राष्ट्रिय समर्थन र वैधानिकताको लडाइँको मोर्चामा दाहाल–नेपाल समूह किन कमजोर देखिएको छ ? यसमा दाहाल–नेपाल समूहकै नेताहरुको मिश्रित प्रतिक्रिया छ ।

केन्द्रीय सदस्य राम कार्कीको भनाइमा दलहरुको चासो बाँडिदा र एजेन्डा सही तय नहुँदा संयुक्त आन्दोलनको वातावरण नबनेको हो । ‘राजनीतिक दल भनेका स्वाभाविक रुपमा प्रतिस्पर्धा गर्ने हुन् । नेपालको कम्युनिष्ट पार्टी कमजोर हुँदा वा झगडा हुँदा कांग्रेस वा अर्को दलले सहानुभूति राख्नुपर्ने त जरुरी छैन । तर, आन्दोलनलाई लिएर कांग्रेसभित्र विभाजित खालको अडान सुनिरहेका छौं’, कार्कीले भने, ‘बूढी मरीभन्दा पनि काल पल्क्यो भन्ने डर हो । कालले आज कम्युनिष्टलाई खायो भोलि कांग्रेसलाई खाला । अहिले सहमति बन्न सकेन । त्यसकारण पार्टीहरुसँग भन्दा पनि नागरिक समाज, समाजका भूइँतहका सामुदायिक संगठनहरुसँग सहमति गरेर गए बलियो आन्दोलन बन्न सक्छ ।’

कार्कीले थपे, ‘जनतालाई समेट्न अझै सफल भइएको छैन । जनताको धुव्रीकरण भइसकेको छैन । त्यसकारण पार्टीले जनतासँग जोडिन कोसिस गर्नुपर्छ । जनताको दबाब भएपछि मात्रै अरु राजनीतिक पार्टी पनि संयुक्त आन्दोलनमा आउँछन् । त्यो बनाउन स्वाभाविक रुपमा नेकपाले आफ्ना माग विचार गर्नुपर्छ । खाली संसद् पुन:स्थापना गरिदेउ भन्ने मात्रै नारामा अरुलाई संसद् पुन:स्थापना भए पनि यिनै नेताहरु नै प्रधानमन्त्री, मन्त्री हुने हो भन्ने ढंगले जनताले बुझिरहेका छन् । जे हक अधिकार पाएका थिए ती पनि खोसिँदै छन् भन्ने कुरा जब जनतालाई थाह दिनुपर्‍यो ।’

अर्का केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय पहल कदमी नपुग्दा र विश्वास आर्जन गर्न नसकेको बताउँछन् । ‘संयुक्त आन्दोलनका लागि पार्टीको नेतृत्वप्रति, विगतको कार्यशैलीप्रति पार्टीले भविष्यमा अपनाउने कार्यदिशाप्रति अरु राजनीतिक पार्टीको केही न केही आशंका छ । त्यसमा मुख्य गरेर विश्वासको संकट देखियो । दोस्रो, त्याग कति हुने हो । सुरुमै राष्ट्रिय सहमतिको सरकार वा हामी यसरी जाने हो भनेर विषयलाई प्रस्ट्याउन सकेको भए सायद विश्वास हुन सक्थ्यो’, उपाध्यायले भने ।

आयोगले निर्णय नदिएकोबारे उनले थपे, ‘निर्वाचन आयोगमा पार्टीको त्यति धेरै कमजोरी छैन । हुन त समयमै हामी ४४ अनुसार छौं भनेर दिएको भए हुन्थ्यो । त्यहाँ थोरै प्राविधिक कमजोरी भए जस्तो देखियो । विवाद सुरु भएको ३० दिन नाघेपछि आयो निवेदन भन्ने निर्वाचना आयोगको भनाइ छ । हुन त यो बहानाबाजी होला । तर यसमा दलकै कारणले सफलता हात पारेनन् भन्न नमिल्ला ।’

केन्द्रीय सदस्य ठाकुर गैरे भने साझा आन्दोलनको आधार बन्दै गएको र आयोगबाट आफूहरुले वैधानिकता पाउने तर्क गर्छन् । ‘संयुक्त आन्दोलनमा जाने भन्ने विषयमा अरु दलहरु तयार भइसकेको स्थिति छैन । तर सबै दलहरु यो प्रतिगमन हो, प्रधानमन्त्रीको कदम खारेज हुनुपर्छ भन्नेमा सहमत छन् । हामीले नेतृत्व गरिराखेका छौं । तर, सरकारले धम्कि दिने, डर–त्रास देखाउने गरिराखेकै छ’, गैरेले भने, ‘निर्वाचन आयोगले किन ढिला सुस्ती गरेको छ भन्ने जवाफ उसले नै दिने हो । आयोगले गरेको ढिलासुस्ती अत्यन्तै शंकास्पद छ । अहिले जुन प्रक्रियामा आयोग छ, त्यसबाट सफलता हात पार्दैनौं भन्ने स्थिति छँदै छैन । हामीले सफलता हात पार्छौँ ।’

केन्द्रीय सदस्य कार्की अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त नभएकोबारे भन्छन्, ‘अन्तर्राष्ट्रियजगत भन्नाले खासगरी नेपालसँग सरोकार राख्ने भारत, चीन र अमेरिका हो । दलविशेषलाई मद्दत गर्नेभन्दा पनि उनीहरु आफ्नो ‘म्याक्सिमम इन्ट्रेस्ट’मा हिँड्छन् । सरकारभन्दा बाहिरका जति पनि जनताका संगठनहरु छन्, चीनमा त सरकार बाहिर अर्को पार्टी छैन । भारतमा सरकारभन्दा बाहिर रहेका वामपन्थी जनमतले प्रतिगमनको विरोध गरिराखेको छ ।’

अन्तर्राष्ट्रिय समर्थन प्राप्त नभएको विषयमा उपाध्यायको तर्क अलि फरक छ । भन्छन्, ‘मेरो बुझाईमा अन्तर्राष्ट्रिय हप्तक्षेपकै कारणले प्रतिगमन भयो भन्ने लाग्छ । त्यसकारण छिमेकी देशहरुको जुन प्रभुत्व हो त्यो अनुसार भएको हुँदा पनि बाह्य समर्थन हुन सकेन । यसमा दलहरुको त्यति धेरै गल्ती छ जस्तो लाग्दैन ।’

अर्का नेता गैरेको भनाइ छ, ‘अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक रुपले सहयोग गर भन्ने कुरा पनि भएन । हामीले हाम्रो मुद्दा सार्वजनिक रुपमा राखेका छौं । हामी आन्दोलनमा छौं भन्ने दुनियाँले जानेको छ । आन्दोलन के विषयमा गरेका छौं भन्ने पनि लुकेको विषय छैन । अन्तर्राष्ट्रिय समुदायले कसरी लिएको छ, कसरी विश्लेषण गरेको छ उनीहरुको नै कुरा भयो । त्यसमा हामीले औपचारिक रुपमा सहयोग गरिदेउ भन्ने कुरा भएन ।’ इकान्तिपूरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि