होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना
देश/प्रदेश

आज पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना

  • नागरिक रैबार
आज पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना

६ फागुन, काठमाडौं । आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ ।‘आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने । यस्तो अवस्था काठमाडौं उपत्यकासहित प्रदेश १ र प्रदेश ३ मा हुने छ ।

पौडेलका अनुसार शुक्रबारबाट दुई-तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ । तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन ।बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो । प्रि-मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद पौडेल बताउँछन् ।

मार्च, अपि्रल र मे महिनालाई पि्र-मनसुन अवधि मानिन्छ । फेब्रुअरीको आधा महिना समाप्त हुँदा तापक्रम बढ्दो क्रममा छ । ‘तापक्रम बढ्दा स्थानीय वायुहरुको प्रभाव बढ्छ र सानो-सानो क्षेत्रमा हल्का पानी पर्ने गर्दछ । हिजो भएको त्यही हो,’ मौसमविद पौडेलले भने ।

विज्ञापन

हिजो पानी परेकाले आज बिहान काठमाडौं उपत्यकामा चिसो बढेको महसुस भएको थियो । आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि