नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने भएको छ । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीले एक सार्वजनिक सूचना जारी गर्दै अवदेखि दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने बताएको हो ।
विद्युत सेवा लोडको समयमा अत्याधिक खपत भएर मेसिनको क्षमताले नधान्ने अवस्थामा पुगेपछि विहान ५ बजेदेखि साढे ९ बजे सम्म र साँझ ५ देखि साढे ९ बजेसम्म लोडसेडिङ्ग गरिने जलविद्युत केन्द्रले बताएको छ ।
जाडो मौषम सूरु भएसंगै विद्युतको सेवा लिईरहेका उपभोक्ताहरु विशेष गरी सरकारी कार्यालय र कर्मचारीहरुले विद्युत बढी खपत हुने गरी हिटर र पानी तताउने साधानहरु प्रयोग लोडसेडिङ्ग गर्न बाध्य भएको त्रिवेणी सहकारीका व्यवस्थापक दयाराम पंडितले बताएका छन् ।
एकातिर विद्युतका लागि आवश्यक पर्ने पानीको स्रोत दिनप्रतिदिन घट्दो क्रममा रहेपछि लोडसेडिङ्गको सयम बढी गरेको व्यवस्थापक पंडितको भनाइ छ ।
सदरमुकाम मार्तडीमा दैनिक साढे चार घण्टा विहान बेलुका लोडसेडिङ गर्न थालेपछि विशेष गरी विद्यार्थीलाई समस्या हुन थालेको छ । साँझ पाँच बजेबाट लोडसेडिङ्ग भएपछि राति ९ पछि मात्र विद्युत् आपूर्ति हुँदा विद्यालयमा दिएको गृहकार्य गर्न समस्या बनाएको मालिका माविमा कक्षा ८ मा अध्ययनरत छात्रा ज्योति विकले बताईन् । दशैं तिहारको विदापछि गाउँगाउँबाट सदरमुकाम मार्तडीमा अध्ययन गर्न आएका विद्यार्थीलाई दैनिक साढे ४ घण्टा लोडसेडिङ हुँदा समस्या बनाएको छ ।
२०० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको जलविद्युत केन्द्रमा अहिले २ हजार बढी सेवाग्राही रहेका छन् । विद्युत गृहमा रहेका मेसिनहरु पुरानो र जिणर् भएकोले हिँउदको समयमा त्रिवेणीले वर्षेनी लोडसेडिङ्ग गर्न बाध्य हुँदै आएको छ ।
हेर्नुहोस लोडसेडिङ्ग तालिका
फेसबुक प्रतिक्रियाहरु